'सिधा कुरा जनतासँग' कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाहीको माग


'सिधा कुरा जनतासँग' कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाहीको माग

काठमाडौं | न्युज २४ च्यानलमा रवि लामिछानेद्वारा संचालित 'सिधा कुरा जनतासँग' कार्यक्रममा प्रसारित आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै छानविन गरी कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ ।

उनले व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्दान्त विपरित भएको संघले जनाएको छ । जुन  दण्डनीय अपराध भएको, जनस्वास्थ्यमा गम्भीर खेलवाड र सरकारका प्रयासहरुलाई दुरुत्साहन गर्ने प्रकृतिका भएको संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले बताएका छन् ।

'त्यसमा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको सिद्धान्तविपरीत रहेका छन् । आयुर्वेद चिकित्सासम्बन्धी भ्रम फैलाउने, आयुर्वेदको सिद्धान्त विपरितका जडिबुटी र विधि सिफारिस गर्दा सर्व साधारणमा भ्रम पैदा भएर रोगको जोखिम बढाइएको छ। बिरामीलाई उपचार गर्दा एक प्रकारका जडिबुटीबाट गर्ने र सञ्चार माध्यमहरुबाट अर्कै जडिबुटीको नाम लिएर भ्रामक अभिव्यक्ति सार्वजनिक गररिएको छ।' संघले विज्ञप्ति जारी गर्दै भनेको छ ।

संघले न्युज २४ च्यानल र बि.पी. तिमल्सिनामाथि छानबिन गरी सत्य तथ्य ल्याउन नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ।  त्यसमा व्यक्त गरिएका जडिबुटीहरुले कोरोना निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै आधार प्रमाण नभएको समेत प्रष्ट पारेको छ।

'सर्वसाधारणलाई यस्ता भ्रममा पारी स्वास्थ्य जोखिम ननिम्त्याउन समेत आह्वान गर्दछौं। सम्बन्धित निकायका पदाधिकारीहरुलाई समेत यस्ता भ्रम छर्दै हिँड्दा पनि मुकदर्शक भएर हेरेर नबस्न यस संघ सचेत गराउन चाहन्छौं', संघले भनेको छ ।

वाटर थेरापी : बिहान खाली पेट पानी पिउनुका ९ फाइदा
पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पान…
कोरोना कालमा भिटामिन ‘डी’को अभाव : यी खानेकुराबाट गर्न सकिन्छ परिपूर्ति
अहिले नेपालका सहरी क्षेत्रमा भिटामिन ‘डी’ को माग ह्वात्तै बढेको छ। जसले अभाव समेत देखिन थालेको छ। कोरोना भाइरस संक्रमित व्यक्ति र घरभित्रै आइसोलेसनमा रहेका व्यक्तिलाई भिटामिन ‘डी’ को कमी हुने भन्दै चिकित्सकले सिफारिस गरेपछि यसको माग बढेको हो। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको प्रकाश हो। विज्ञहरू…
किन केही महिलाहरुले कोविड-१९ विरामीलाई प्लाज्मा दान गर्नमिल्दैन
कोविड-१९ को संक्रमणबाट निको भएका व्यक्तिहरुमा संक्रमणसँग लड्ने समयमा रगतमा कनभ्यालेसेन्ट प्लाज्मा नामक एन्टीबडी बोकेको तरल पदार्थ निर्माण हुनेगर्छ। भाईरल इन्फेक्सनबाट ग्रस्त व्यक्तिहरुको उपचारमा यस्को प्रयोग हुन्छ जस्लाई प्लाज्मा थेरापी भनिन्छ। प्राय: कोविड जितेका व्यक्तिले प्लाज्मा दान गर्ने गरेको…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...