http://bit.ly/bajajdurbartimes

प्रधानमन्त्रीले सिफारिस फिर्ता नलिए ‘पार्टी जुनसुकै हदमा जान सक्छ’: प्रचण्ड


प्रधानमन्त्रीले सिफारिस फिर्ता नलिए ‘पार्टी जुनसुकै हदमा जान सक्छ’: प्रचण्ड

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र आन्तरिक कलह चर्कँदै गर्दा संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले उक्त सिफारिसका बारे आइतवार नै बस्ने स्थायी समितिको बैठकमा छलफल हुने बताएका छन्।

केहीबेर अगाडि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, "यो निर्णयको विरुद्ध सबै एकजुट हुनुको विकल्प छैन। सरकारले यो सिफारिस अविलम्ब फिर्ता नलिए (प्रधानमन्त्री)विरुद्ध पार्टी जुनसुकै हदमा जानसक्छ।"

'निरङ्कुशताको प्रस्ट सङ्केत'

प्रचण्डले प्रधानमन्त्रीको निर्णय सिधै संविधानको मर्म र भावना विपरीत भएको अनि त्यसले लोकतन्त्रको उपहास गरेको बताए।

"संसदको अधिवेशन बोलाउनु पर्ने बेला लोकतान्त्रिक प्रणाली विपरीत यस्तो सिफारिस भएको छ। यो निरङ्कुशताको प्रस्ट सङ्केत हो," उनले बताए।

"आजै पार्टीको स्थायी कमिटीको बैठक बोलाइएको समयमा यस्तो निर्णय गरिनु दलगत प्रणालीको पनि विरुद्ध छ।"

BBC

यो पनि पढ्नुहोस्:

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send