चर्चित कार्यक्रम सीधा कुरा जनतासँगका कार्यक्रम प्रस्ताेता रबि लामिछानेले न्युज २४ च्यानल छाडेका छन् । जनताकाे चासाे र गुनासाेलाइ प्रमुख विषय बनाएर कार्यक्रम चलाउँदै आएकाे रबिले ८ गते बिहिबारबाट विदा लिएकाे घाेषणा गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले च्यानल छाडेकाे घाेषणा गरेका हुन् । उनले ट्वीटमा भनेका छन् ‘२४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु…।’
उनले सुखद सहयात्रामा साथ दिने सम्पूर्ण न्यूज २४ टेलिभिजनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।