durbar-times

सिंगटी हाइड्राेकाे आइपिओले ताेड्ला रेकर्ड ? अहिलेसम्म कति पर्याे आवेदन ?


सिंगटी हाइड्राेकाे आइपिओले ताेड्ला रेकर्ड ? अहिलेसम्म कति पर्याे आवेदन ?

सिंगटी हाइड्राेपावर लिमिट्रडकाे आइपिओमा हिजाे साँझ ५ बजेसम्म ८ लाख ७९ हजार ७१० जनाले १ करोड ३८ लाख ११ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ५.२३ गुणा बढी आवेदन हो ।

सिंगटीले शुक्रबार (चैत ६ गते) बाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।

सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send