सिंगटी हाइड्रो इनर्जीको आइपीओमा शुक्रबार एकैदिन ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार शुक्रबार साँझ ५ बजेसम्म २ लाख ५० हजार ४२५ जनाले ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा १.६० गुणा बढी आवेदन हो ।
सिंगटीले आज शुक्रबार (चैत ६ गते) बाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।
सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको ।