durbar-times

सिंगटी हाइड्राेकाे आइपिओ बिक्री खुल्ला , कति दिने आवेदन ?


सिंगटी हाइड्राेकाे आइपिओ बिक्री खुल्ला , कति दिने आवेदन ?

आइपिओकाे लहरबीच नयाँ कम्पनीकाे आइपिओ आजदेखि बिक्री खुल्ला भएकाे छ । सिंगटी हाइड्राेपावरकाे आइपिओ बिक्री खुल्ला भएकाे हाे ।

कम्पनीले २९ कराेड बराबरकाे २९ लाख कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गरेकाे हाे । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कुल ४३ लाख ५० हजार कित्ता आइपिओमध्ये कम्पनीले १४ लाख ५० हजार कित्ता स्थानीय आयाेजना प्रभावितका लागि बिक्री गरेकाे थियाे ।

कम्पनीकाे आइपिओमा छिटाेमा चैत १० गतेसम्म र ढिलाेमा २० गतेसम्म आवेदन दिन मिल्नेछ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

कति दिने आवेदन ?

हाल आइपिओमा लगानी गर्ने लगानीकर्ताहरूकाे संख्या  ह्वात्तै बढेकाे छ । भर्खरै बिक्री खुल्ला भएकाे ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओमा करिब १८ लाखले आवेदन दिएका थिए । यसैलाई आधार मानेर हेर्दा सिंगटीकाे आइपिओमा पनि १० कित्ता शेयर हात पार्न गाेलाप्रथाबाट नै छानिनुपर्ने देखिएकाे छ। त्यसैले लगानीकर्ताले यसमा १० कित्ता आवेदन दिए हुने देखिन्छ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send