सिंगटी हाइड्राेपावरकाे आइपिओमा १३ लाख ५० हजारभन्दा बढी लगानीकर्ताकाे हात खाली हुने भएकाे छ ।
बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार कुल १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये गाेलाप्रथाबाट २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।
आइपिओकाे रिजल्ट शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएकाे छ ।