काठमाडौं | भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् ।
आगलागी के कारणले भएको हाे भन्नेबारे खुल्न नसकेको छैन भने अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनका लागि १५ वटा दमकल प्रयझग गरिएको छ । गत वर्ष मात्र उद्घाटन गरिएको इन्स्टिच्युटको नयाँ प्लान्टमा आगो लागेको हो ।
आजैमात्रै सेरम इन्स्टिच्युटबाट नेपालमा पहिलो खेप भ्याक्सिन ल्याइएको छ ।
पुण्याच्या कोरोना लस तयार करणाऱ्या सीरम इन्स्टिट्यूटमध्ये आग #Sakal #sakalNews #MarathiNews #Pune #Serum #SerumInstituteofIndia #Fire #Fireserum pic.twitter.com/19Hg0Eg8C3
— sakalmedia (@SakalMediaNews) January 21, 2021