आफ्नो मुर्ती देख्दा धुर्मुस आँफै चकित


आफ्नो मुर्ती देख्दा धुर्मुस आँफै चकित

चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) एक व्यक्तिले उनको मुर्ती बनाएको देख्दा चकित परे ।

भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका हुन् । मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ । आफ्नो दुरुस्तै मुर्तीको तस्बिर आइतबार धुर्मुसले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

सिताराम कट्टेल (धुर्मुस)ले लेखेका छन् - 'भरतपुर ४ निवासी ८१ वर्षिय खेमलाल तिवारी बुबाले रंगशालालाई सहयोग गर्छु भन्नू भएको छ । खुट्टा फ्याक्चर भएको छ घरमा आइदिए आभारी हुनेथिए भनेर समाचार पठाएपछि बुबाको घरमा पुग्दा उहाको छोराले यहाँ नजिकै एउटा भाइले हजुरको मुर्ती बनाउनु भएको छ ।

त्यो मुर्ती मैले घरमा किनेर ल्याउछु भनेको छु हेर्न जाउ भनेपछि उत्साह ले चित्रकार चित्र बहादुर श्रेष्ठको घरमा पुगेका थियौ । उहाले कुद्नु भएको धुर्मुस चरीत्रको प्रतिमा देख्दा म आफै पनि चकित परे उच्च सम्मान छ भरतपुर ४ (धारापानी) बसोबास गर्नुहुने चित्र कुमार श्रेष्ठ ज्यु को यो कलालाई  ।'

धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती प्रदेश सरकारद्वारा रंगशाला निर्माणका लागि तीन करोड
बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष …
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी
निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्त…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...