माउण्टेन इनर्जीको सेयर कारोबार बुधबारबाट खुला भएको छ । पहिलो दिन नै माउण्टेनको सेयर भाउ सर्किट लागेर बढेको छ । बुधबार माउण्टेनको सेयर भाउ ९.८८% ले बढेर ३७४ रुपैयाँ पुगेको छ । नेप्सेले पहिलो कारोबारका लागि ११४ रुपैयाँ ८१ पैसादेखि ३४४ रुपैयाँ ३३ पैसा ओपनिङ रेन्ज दिएको थियो । यसको कारोबार ‘एमइएन’ संकेतबाट भएको हो ।
माउण्टेन इनर्जी नेपालले मंगलबार कुल १ करोड ९६ लाख ८० हजार २७० कित्ता सेयर सूचीकृत गराएको थियो । जसमा कम्पनीले कात्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्री गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ पनि समावेश गरिएको छ ।