http://bit.ly/bajajdurbartimes

सकियाे निःशुल्क अन्तरबैंक एटिएम सेवाकाे अवधि


सकियाे निःशुल्क अन्तरबैंक एटिएम सेवाकाे अवधि

नेपाल राष्ट्र बैंकले जारी गरेकाे निःशुल्क अन्तर बैंक एटिएम सेवाकाे समय सकिएकाे छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए ।

1

पुछारको सेफिल्डसँग युनाईटेड पराजित

2

युभेन्ट्स सेमिफाइनलमा

3

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

4

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

5

महिला लिगमा आज दुई खेल हुँदै

6

आजको राशिफल


Share Tweet Send