http://bit.ly/bajajdurbartimes

अचम्मकाे गाउँ : जहाँ मानिस कुम्भकर्ण जसरी सुत्छन्


अचम्मकाे गाउँ : जहाँ मानिस कुम्भकर्ण जसरी सुत्छन्

अक्सर हामी अल्छी या धेरै सुतिरहने मानिसलाइ कुम्भकर्ण भन्ने गर्छाैँ । तर दुनियाँमा यस्ताे एउटा गाउँ छ जहाँ एकजना मात्र हैन पुरै गाउँ नै कुम्भकर्ण जसरी सुतिरहन्छन् ।

सुन्दा अचम्म लाग्न सक्छ तर याे कुरा साँचाे हाे । उत्तरी काजकिस्तानकाे कलाचि नामक गाउँका धेरैजसाे मानिस अधिकतम समय सुतिरहन्छन् । तर, याे उनीहरूकाे साेख भने हैन । याे यहाँका मानिसहरूलाई आँफै भैरहेकाे छ ।

डाक्टरहरूकाे भनाइ अनुसार उक्त गाउँका मानिसहरू एक सुत्ने राेगकाे शिकार भैरहेकाछन् । खबरहरूका अनुसार याे राेगले पछिल्लाे ७ वर्षदेखि मानिसहरूलाइ दुःख दिरहेकाे छ । जसमा सबैभन्दा बढी बच्चाहरू सामेल छन् । स्थानीयहरूका अनुसार याे राेग लागेका मानिसहरूलाई केही हाेस हुँदैन ।

लगभग ६०० जना रहेकाे याे गाउँमा १४ प्रतिशत मानिसलाई याे राेग लागिसकेकाे छ भने अन्यलाई पानि सरिरहेकाे छ । राेगका कारण मानिसहरू सुत्नलाई पनि डराउँछन् ।

सबैभन्दा अचम्मकाे कुरा त याे छ कि गाउँका प्राय बिमारीहरूकाे स्वास्थ्य जाँच गर्दा काेहीपनि कुनै भाइरस अथवा ब्याक्टेरियाबाट प्रभावित थिएनन् ।

राेगकाे बारेमा केही प्रमाण नभेटिएपनि विभिन्न आशंकाहरू भने गरिएका छन् । जस्ताे कि उक्त कलाचि गाउँभन्दा केही पर एक रूसी युरेनियम खानी रहेकाे छ र त्यहाँबाट निस्किने धुवाँले हावालाई प्रदुषित गरिरहेकाे छ । जसबाट मानिसहरू टक्सिन मिश्रित हावा ग्रहण गरिरहेका छन् । उक्त टक्सिन मिश्रित हावाकै कारण मानिसहरूकाे यस्ताे हालत भइरहेकाे छ ।

1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send