http://bit.ly/bajajdurbartimes

सलमानको फिल्म ‘कागज’ नेपाली ओटीटीमा रिलिज हुने


सलमानको फिल्म ‘कागज’ नेपाली ओटीटीमा रिलिज हुने

बलिउड अभिनेता एवं निर्माता सलमान खानले होम प्रोडक्सन फिल्म ‘कागज’लाई नेपालमा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । नेपालको वितरण कम्पनी गोपिकृष्ण मूभिजले यो फिल्मलाई डीसहोम, नेटटिभी लगायतका ओटीटीमा प्रदर्शन गर्ने भएको हो । गतसाता ज्याकी च्याङको ‘भ्यानगड’ पनि नेपाली प्लेटफर्ममा रिलिज भैसकेको छ ।

सतिश कौसिकले निर्देशन गरेको यो फिल्मले कागजले मान्छेको जीवनमा कसरी शासन गर्न सक्छ भन्ने कथावस्तु बुनेको छ । यो फिल्ममा सलमानको केमियो र भ्वाइस समावेश हुने जनाइएको छ । ‘फिल्मको सुरु र अन्त्यमा सलमानको आवाजलाई समावेश गर्नेछौं’ निर्देशक कौशिकले भने । पछिल्लो समय बलिउडका भाइजानले कन्टेन्ट लक्षित फिल्महरुमा लगानी गर्न थालेका छन् ।

नेपालले पुस १० गतेदेखि वितरण र प्रदर्शनमा हाइव्रिड प्रणाली आत्मसात गरेको छ । भन्नुको अर्थ –एकैसाथ फिल्म हल र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज हुनेछन् । अग्रणी वितरण कम्पनी गोपिकृष्णले फिल्म बजार सामान्य नभएसम्म फिल्मलाई हलमा रिलिज नगर्ने निधो गरेको छ । तर, एप्पल इन्टरटेनमेन्टले चाहिँ थिएट्रिकल प्रदर्शनलाई प्राथमिकता दिँदै विहिबार हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज गरेको छ ।

1

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि

2

अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

3

काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार

4

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

5

तथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

6

चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम


Share Tweet Send