durbar-times

समानान्तर कमिटीलाई भक्तपुरमा पनि निरन्तरता


समानान्तर कमिटीलाई भक्तपुरमा पनि निरन्तरता

नेकपा एमाले माधव नेपाल पक्षले समानान्तर कमिटी गठनलाई भक्तपुर जिल्लामा पनि निरन्तरता दिएकाे छ ।

फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले गरेकाे निर्णय फिर्ता लिनुपर्ने माग गर्दै विराेधमा उत्रिएकाे नेपाल समूहले विभिन्न  जिल्लाहरूमा समानान्तर कमिटी निर्माण गरिरहेकाे छ ।

शुक्रबार बसेकाे भक्तपुर  जिल्ला कमिटीकाे बैठकले समानान्तर कमिटी गठन गरेकाे हाे । रजन केसीकाे अध्यक्षतामा १०१ जना सदस्य रहने गरी जिल्ला कमिटी गठन गरिएकाे कमिटिका सदस्य लाेककृष्ण दाहालले जानकारी दिए ।

साथै कमिटीका सदस्यहरूलाई विभिन्न जिम्मेवारीमा पनि बाँडफाँट गरिएकाे छ । जसअनुसार संगठन विभाग प्रमुखमा श्याम बस्नेत , प्रचार विभाग प्रमुखमा निरेब थापा , आर्थिक विभाग प्रमुखमा राजेन्द्र थापा लगायत रहेका छन् ।

गत चैत्र २४ गतेकाे केन्द्रिय कमिटीकाे बैठककाे निर्णयानुसार कमिटी गठन गरिएकाे जिल्ला अध्यक्ष रजन केसीले बताए ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send