durbar-times

सेयर बजारमा यसरी बन्नुहाेस स्मार्ट लगानीकर्ता


सेयर बजारमा यसरी बन्नुहाेस स्मार्ट लगानीकर्ता

पुँजी बजारमा लगानी गर्ने चाहना भएका तर कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई विशेष ध्यान दिने भन्नेमा अझै पनि धेरैलाई पर्याप्त जानकारी छैन । विवेकशील (स्मार्ट) लगानीकर्ता कसरी बन्ने भन्ने विषयमा जतिबेला पनि ध्यान दिन आवश्यक हुन्छ । पर्याप्त जानकारी अभावमा कतिपयले अरुको लहैलहैमा लागेर सेयर बजारमा प्रवेश गर्ने गरेको पनि पाइन्छ ।

यसले गर्दा लगानीकर्ताले पुँजी बजारबाट सोचे अनुरुपको नाफा कमाउन सक्दैनन् । अनि यस्तो अवस्थामा नाफा कमाउन भाग्यमै भर पर्नुपर्छ । यसैक्रममा विवेकशील लगानीकर्ता कसरी बन्ने भनेर यहाँ केही टिप्सहरु दिइएको छ ।

१. सकेसम्म लामो समय अर्थात दीर्घकालीन लगानी गर्ने । छोटो समयका लागि गरिएको लगानी बढी जोखिमयुक्त हुन सक्छ । लगानी जति बढी समयको लागि गर्यो जोखिम व्यवस्थापन गर्न पनि त्यति नै सहज हुन्छ ।

. सकेसम्म न्यून मूल्य–आम्दानी अनुपात (पीई रेसियो) भएका सेयरलाई प्राथमिकता दिने । यस्तो प्राथमिकताले सेयरको वर्तमान मूल्य भन्दा भविष्यको सम्भावनालाई बढी जोड दिन्छ । जसबाट न्यूनतम लगानीमा बढी प्रतिफल आउने सम्भावना हुन्छ ।

३. सेयरमा लगानी गर्दा छोटो समयमा हुने मूल्य प्रवृत्ति भन्दा लामो समयमा हुने मूल्य प्रवृत्तिलाई बढी जोड दिने ।

. अर्थतन्त्रमा तरलताको अवस्था, देशको राजनीतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सधैं सचेत भई लगानी गर्ने ।

५. लगानी सम्बन्धमा भरपर्दो सूचना तथा जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस, राष्ट्र बैंक र अर्थ मन्त्रालय लगायत सरोकारवाला निकायको वेबसाइट नियमित रुपमा हेर्ने गर्नुपर्छ । यसैगरी, अर्थतन्त्रसँग सम्बन्धित सञ्चार माध्यम पनि हेर्ने–पढ्ने गर्नुपर्छ । यसका साथै, नियमन निकायको नीति निर्देशन, उद्योग व्यवसायको सम्भावना र कम्पनीको मूल्य पनि संवेदनशील सूचना नियमित रुपमा अध्ययन र विश्लेषण गर्नुपर्छ ।

. आफ्नो लगानी सकेसम्म विविधीकरण गर्ने, सेयर खरिद तथा बिक्रीको उपयुक्त समय पत्ता लगाउने र सोही अनुसार योजना बनाउने गर्नुपर्छ।

७. लगानी गर्दा अपेक्षित प्रतिफल अनुमान गर्न सक्नुपर्छ । यसरी अपेक्षा वा अनुमान गरिएको प्रतिफल प्राप्त हुने बित्तिकै सेयर बिक्री गर्ने, असीमित प्रतिफलको अपेक्षा नगर्ने । प्रतिसेयर आम्दानी, रिजर्भ, नाफा, भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई पनि याद गर्नुपर्छ ।

. सेयर बजारमा आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धी आवश्यक ज्ञान प्राप्त गर्नुपर्छ । सोही अनुसार बजारमा रणनीति तय गर्नुपर्छ ।

. सेयर बजार तथा यसलाई प्रभाव पार्ने विषय र क्षेत्र सम्बन्धित ऐन नियमका बारेमा ख्याल गर्नुपर्छ । ती ऐन नियममा लगानीकर्ताको हकहित सम्बन्धमा भएको व्यवस्थाहरु तथा लगानीकर्ताको प्रतिफल सम्बन्धी सूचीकृत कम्पनीहरुको निर्णयको सम्बन्धमा सुसूचित भई लगानी गर्नुपर्छ ।

१०. सुसूचित, संयमित तथा विवेकशील भई जोखिम वहन गर्ने क्षमता अनुसार लगानी गर्ने ।

११. दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको लाभांश घोषणा, हकप्रद सेयर घोषणा, कम्पनी व्यवस्थापनमा परिवर्तन लगायतका महत्वपूर्ण पक्षमा ख्याल गर्ने । कम्पनी प्रबद्र्धक तथा व्यवस्थापनको व्यावसायिक इमानदारिता, भावी योजनाहरु, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण विषयहरुको अध्ययन गर्ने गर्नुपर्छ।

१२. सार्वजनिक रुपमा निष्कासन गरिने सेयरमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति, लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता महत्वपूर्ण पक्षहरुको पनि अध्ययन तथा विश्लेषण गर्नुपर्छ ।

१३. सूचीकरण खारेजी भएका तथा सूचीकरण नभएका पब्लिक लिमिटेड कम्पनीका धितोपत्रहरु, ओटीसी बजारबाट कारोबार गर्न सकिने सम्बन्धमा जानकारी राख्ने ।

१४. सूचीकृत कम्पनीको वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापन पक्ष, कम्पनीको भावी योजना लगायतमा ध्यान दिने ।

१५ इन्डस्ट्री विश्लेषण गर्ने, तरतला, ब्याजदरमा ख्लाल गर्ने ।

१६. बजारको समग्र ट्रेन्ड (बुल, वियर साइकल) मा ख्याल गर्ने ।

१७. मुलुकको समग्र अर्थतन्त्र, राजनीति लगायतमा पनि अपडेट भइरहने ।

नेपालीपैसाबाट साभार गरिएकाे

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send