धान खेतमा भेटियो ३ सय थान स्मार्ट लाइसेन्स


धान खेतमा भेटियो ३ सय थान स्मार्ट लाइसेन्स

धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।

यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् ।

उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् । धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भनिन्, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै ३ सय थान जति भेटिएको जानकारी दिए । अधिकृत साहले भने, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ । यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौंँ ।’

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

भुल्ने बानी छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ
पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु आफू रोगको शिकार भएको थाहा नै पाउँदैनन् । स्वस्थ रहनका लागि शरीर र मस्तिष्क उर्जावान् बनाउने खानेकुरा खानु अत्यावश्यक छ । यदि तपाईंमा भुल्ने समस्या छ भने केही यस्ता पेयपदार्थहरु निकै लाभदायी हुन्छन् । जसको सेवनले स्मरणशक्ति समेत बढ्छ । एभोकाडो के हो? …
अण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण
हिजो आज मानिसहरु चलन चल्तिका विषयमा बुझ्न खोज्ने अथवा रित परिवर्तन गर्न चाहने व्यक्तिहरु ति तमाम सन्स्क्रिती माथि आफ्नो आवश्यकता अनुरूप व्याख्या र तर्क गर्ने गरेका छन्। यस्तै केही विषय मध्य अण्डा शाकाहारी हो या मांशाहारी हो भन्ने विषयमा पनि निकै बहस हुने गरेको भेटिन्छ। अझ नेटिजन (ईन्टरनेट सन्जालका ज…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...