राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्चमा अहिलेसम्म ९ वटा रिट पेश भएका छन्। आइतबार नै सर्वोच्चमा ३ वटा रिट पेश भएका थिए। पेश भएका रिट मध्ये हालसम्म कुनै पनि दर्ता भएका छैनन्।
रिट पेश गर्नेमा अधिवक्ताहरु शुलभ खरेल, लोकेन्द्र वली, ज्ञानेन्द्र आरण, दिनेश त्रिपाठी, शालीकराम सापकोटा, मणिराज उपाध्याय, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने र कलमबहादुर खत्री रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पनि संसद विघटनविरुद्ध रिट पेश गर्ने तयारी गरिरहेका छन्।