durbar-times

संसद्‌लाई निष्प्रभावी बनाउने खेल भयो: प्रधानमन्त्री ओली


संसद्‌लाई निष्प्रभावी बनाउने खेल भयो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌लाई निष्प्रभावी बनाउने खेल भएको  र जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरेको आरोप लगाएका छन्‌।

बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरेको आरोप लगाएका हुन् ।  अध्यादेश पेश गर्न जाँदा सभामुख मन्त्रीलाई रोकेका र पछि बैठक कार्यसूची बदलेर बैठक नै अर्को दिन बस्नेगरी सारिएकोप्रति ओलीले असन्तुष्टि प्रकट गरे।

'संविधान कार्यान्वयनमा सभामुखको जुन कर्तव्य थियो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति भए, सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिन खोजियो,'  ओलीले थपे, '​संसद्‌लाई कति निष्प्रभावी र कामकाजी बनाउन खोजियो भन्ने प्रष्ट भयो।'


1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send