http://bit.ly/bajajdurbartimes

संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा के छ ? (पूर्णपाठ)


संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा के छ ? (पूर्णपाठ)

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।

संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए पनि बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

बैठकमा पेस भएको प्रत्येक विषयमा सर्वसम्मत निर्णय हुने अध्यादेशमा उल्लेख छ । पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । अध्यादेशमा उपदफा ६ र ७ झिकिएको छ ।

अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send