प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको निर्णय गरेपछि नेपालको राजनीतिमा तरंग पैदा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेकी हुन्।
अहिले अब हुनसक्ने अवस्था, र वर्तमान अवस्थाको प्रती विभिन्न किसिममा प्रतिकृयाले सामाजिक सन्जाल व्याप्त छ। हामीले सामाजिक सन्जालमा विभिन्न व्यक्तिहरु कसले के भने जस्ताको तस्तै प्रस्तुत गरेका छौं।
कुटिल सर्पलाई काखमा राखेर,दूध ख्वाएर,म्वाई खाँदै पाेस्दा एक न एक दिन त्यसले टाेक्छ-टाेक्छ। अाखिर टाेक्याे त! जानीजानी सर्पलाई पाेस्ने महामहिमहरूलाई टाेकाइकाे विष झार्ने जुक्ति पनि त थाहा हाेला!
— Khagendra Sangroula (@belakoboli) December 20, 2020
Nepal’s President once again shows her loyalty to her old party and PM. Though reportedly an unconstitutional move, PM’s proposal to dissolve the parliament has been ratified by her. Fresh elections in May. #BananaRepublic
— Subina Shrestha (@ShresthaSubina) December 20, 2020
#केपी ओलिको सरकार गठन हुन नपाउदैका षडयन्त्रकारीहरु आज चिसो पानीमा छर्ल्याङ्ग रुझेका छन। सरकारले गरेका कतिपय काम राम्रा पनि थिए होलान् तर उनकै सहयात्री बाट बल कहिलै पाएनन । फोहरको डुंग्रो बाट आज बल्ल श्री केपी ओलि उत्रिएका छन।मुलुकको लागि जे देखे गरे तर झुकेनन।
— rabin chamling (@ChamlingRabin) December 20, 2020
नमन 👏 अब जनता जाउ। pic.twitter.com/nlEioxtsAQ
केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरि दिलमा आरा चलाइस्यो, संविधान मिचेर सबैको मनमा छुरा चलाईस्यो । pic.twitter.com/SVazN55eUq
— Khagendra Shiwakoti (@Khagendra5050) December 20, 2020
केपी ओली सरकार ढालेर भावी प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई अघि सारेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराए पछि ओलीद्धारा प्रतिनिधिसभा बिघटनको प्रस्ताव गरेका हुन, अब यो प्रमाणित रुपमा संसद सचिवालयमा देखा परयो ।
— Prakash Timalsina (@prakashujyalo) December 20, 2020
विघटन संविधानमाथिको कू हो।धारा ७६.१ र ७६.७ सँग प्रधानमन्त्री ओलीको अवस्था मेल खाँदैन।प्रधानमन्त्री नियुक्त गर्न असफल भएको अवस्थामा बाहेक अरू कुनै अवस्थामा संसद् विघटन हुन सक्ने परिकल्पना संविधानले गरेकोछैन।यो बाह्य हस्तक्षेप निम्त्याउने खेल पनि हुन सक्छ ।https://t.co/SsxM7r6b4p
— Bhimarjun Acharya (@BhimarjunPhD) December 20, 2020
केपि ओलि र बिद्यादेबि भन्डारीले मिलेर नेपालको संविधान बिपरित रहेर जुन असंवैधानिक कदम चालेका छ्न यो नेपाल र नेपाली जनताकालागि कालो दिन साबित भएको छ।यसरि दुई तिहाइको बहुमत भएको सरकारले यस्तो काम गर्नु भनेको अहिले सम्मकै गैरजिम्मेवार र निकम्माको पराकाष्ठा हो।।
— Bindu Pathak💥 (@bindupathak00) December 20, 2020
संसद विघटन गरेर प्रम केपी ओलीजीले नेपालमा चलिरहेको राजनीतिक जुवाको खालनै उठाई दिए । विचरा च्याँखेहरू हेरेको हेरै भए !
— Laxman Ghimire (@ghimirelp) December 20, 2020