durbar-times

साउथह्याम्टनको पोस्टमा म्यानचेस्टरको ९ गोल


साउथह्याम्टनको पोस्टमा म्यानचेस्टरको ९ गोल

इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्प्टन माथि ९-० गोलको विशाल जित हात पारेको हो।

युनाइटेडको घरेलु मैदानमा साउथह्याम्प्टन खेलको दोस्रो मिनेटमै दस खेलाडीमा समेटियो। साउथह्याम्प्टनका अलेग्जान्ड्रे जाँकेविट्जले युनाइटेडका स्कट म्याकटोमिने विरुद्ध  ट्याकल गरेपछि रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए ।

खेलको १८ औं मिनेटमा आरोन वान वासिकाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।खेलको २५ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए । ३४ औं मिनेटमा जान बेडनाराकले आत्मघाती गोल गर्दा युनाईटेड अग्रता तेब्बर बन्यो । खेलको ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दा युनाईटेडले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

दोस्रो हाफमा युनाईटेडले थप पाँच गोल गर्यो । खेलको ६९ औं मिनेटमा एन्थोनी मार्सियलले ग्ल गर्दै टोलीको अग्रता ५-० को बनाए । ७१ औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाईटेडलाई ६-० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा जानले रातो कार्ड पाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटियो । खेलको ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ७-० को बनाए ।९० औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ८-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा डानियल जेम्सले गोल गर्दा युनाईटेडले ९-० को फराकिलो जित निकाल्यो ।

प्रिमियर लिगको इतिहासमा युनाईटेडले दोस्रो पटक ९-० को जित निकालेको हो । यस अघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाईटेडले ९-० को जित निकालेको थियो । यस्तै साउथह्याम्पटनले दोस्रो पटक ९-० को हार व्यहोरेको हो । गत सिजन साउथह्याम्पटन लेष्टरसँग ९-० ले पराजित भएको थियो ।

जितसंगै युनाईटेडले लिगमा शीर्ष स्थानको टिम म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको युनाईटेडले २२ खेलमा ४४ अंक जोडेको छ । साउथह्याम्पटन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send