durbar-times

स्पामा गोलीबारी, ६ जना एसियाली महिलासहित ८ जना मारिए


स्पामा गोलीबारी, ६ जना एसियाली महिलासहित ८ जना मारिए

एजेन्सी । अमेरिकाको जर्जियाका तीन अलग–अलग स्पामा गोलीबारीमा कम्तीमा ६ जना एसियाली महिलासहित ८ जना मारिएका छन् ।

अटलान्टाको उत्तरमा रहेको सबअर्ब एकवर्थको एक मसाज पार्लरमा चार जना मारिएका छन् भने सोही शहरको अन्य दुई स्पामा चार व्यक्तिमाथि गोली प्रहार भएको हो । उनीहरूलाई एसियाली भएकै कारण मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

तीनवटै गोलीबारीमा संलग्न भएको आरोपमा प्रहरीले २१ वर्षीय रोबर्ट आरोन लाङ्ग्सलाई पक्राउ गरेको छ । उनी जर्जियाको उडस्टकमा बस्दै आएका थिए । घटना गराउनुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

पहिलो गोली चेरोकी काउन्टीस्थित यंग्स एसियन मसाज पार्लरमा अमेरिकी समयअनुसार साँझ ५ बजे भएको थियो । प्रहरीले घटनास्थलमा दुई र उपचारका क्रममा लगेका तीनमध्ये दुईको मृत्यु भएको जानकारी दिएको छ । मृत्यु हुनेमा दुई एसियाली महिला थिए भने दुई श्वेत अनुकारको महिला र पुरुष थिए ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send