लकडाउन भन्दा अर्काे कुनै विकल्प नभएको भन्दै स्पेनी प्रधानमन्त्रीको राष्ट्रिय एकताका लागि आह्वान


लकडाउन भन्दा अर्काे कुनै विकल्प नभएको भन्दै स्पेनी प्रधानमन्त्रीको राष्ट्रिय एकताका लागि आह्वान

एएनआई | स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका छन् । उनले भनेका छन्- यो संकटको घडीमा सबै देशबासीहरुले पनि सहयोग गर्नुपर्छ, नत्र महामारीका विरुद्धमा लड्नका लागि सरकारलाई मात्र गाह्रो पर्नेछ ।

स्पेनमा कोभिड १९ को संक्रमण पहिलेको भन्दा पनि अझ खतरनाक रुपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि सरकारले लकडाउनदेखि लिएर विभिन्न कडा प्रतिबन्धहरु लगाएको छ तर नागरिकले भने त्यसको विरोध गरेका छन् । यहाँका नागरिकले स्पेनको सरकारले लगाएको प्रतिबन्धका विरुद्धमा विभिन्न स्थानमा प्रदर्शन नै गरिरहेका समाचारहरु प्राप्त भएका छन् ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

सरकारले लामो समयका लागि र दशेव्यापी रुपमा नै निकै कडा खालको प्रतिबन्धहरु लगाए पछि यसका विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । त्यसैले प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका हुन् । उनले सबैलाई जिम्मेवारी पूरा गर्न र आफूलाई एक नागरिकको कर्तव्य पुरा गर्न आह्वान गरेका छन् ।

महामारी नियन्त्रणका लागि हालका लागि लकडाउन भन्दा अर्काे कुनै विकल्प नरहेकोले सरकारले यसो गर्नु परेको हो भन्दै उनले यसका लागि सबै नागरिकको सहयोग नहुने हो भने अप्ठेरो पर्ने बताएका हुन् ।

संक्रमण रोक्न लगाइएको प्रतिबन्धविरुद्ध इटालीमा हिंसात्मक प्रदर्शन
कोरोना संक्रमण रोकथामका लागि भन्दै दोस्रो पटक प्रतिबन्ध लगाइएपछि इटालीका विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ । कोरोना महामारीको ठूलो असर भोगिसकेको देश इटलीमा महामारीको दोस्रो लहरको खतरा बढेको छ । प्रशासनले दोस्रो लहरबाट बच्नको लागि पूर्वतयारीस्वरुप मिलान, तुरिन लगायतका शहरमा रेष्टुरेन्ट, क्याफेह…

कतिपय नागरिकले सरकारको अहिलेको प्रतिबन्धका विरुद्धमा हिंसात्मक रुपमा पनि प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकको यो गैर जिम्मेवारी कामले महामारी नियन्त्रणका लागि समस्या पर्ने कुरा ट्वीट गरेर उल्लेख गरेका छन् ।

उनले कोभिडको महामारीले देशमा निकै ठूलो क्षति हुने अवस्था आएको छ भन्दै यस्तो अवस्थामा सबै नागरिकले आफ्नो ठाउँबाट कुनै न कुनै रुपमा बलिदान र सहगोग नगर्ने हो भने देश नै संकटमा पर्ने अवस्था आउने कुरा आफ्नो ट्वीटमार्फत जानकारी दिएका हुन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...