आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै


आज सनराइजर्स हैदराबाद र  राजस्थान रोयल्स भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग फुटबल (आईपीएल) मा आज सनराइजर्स हैदराबाद राजस्थान रोयल्स भिड्दै छन् । दुवै टोलीको प्रदर्शन यस सिजन निकै खराब छ ।

हैदराबादले अहिलेसम्म नौ खेल खेल्दा मात्र तीन खेलमा जित निकालेको छ । यता खराब प्रदर्शन गरेको राजस्थानले पनि १० खेलमा मात्र चार खेल जितेको छ । राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद दुवै टोलीका लागि यो खेल जित्‍नैपर्ने दबाब छ । दुवै टोली यो खेल जित्दै अंक तालिकामा अगाडि बढ्न चाहन्छन् । त्यसैले पनि यो खेल निकै रोमाञ्‍चक हुने अनुमान गर्न सकिन्छ । यस सिजनको पहिलो भेटमा राजस्थानले सनराइजर्स हैदराबाद पराजित गरिसकेको छ ।

हेड टु हेड
हेड टु हेड आकडामा १२ पटकको भेटमा दुवै टोलीले समान ६-६ खेल जितेको छ । तर, भारतभन्दा बाहिर २०१४ मा यूएईमा भएको आईपीएल खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै यस सिजनमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको थियो ।

राजस्थान रोयल्सको वर्तमान टोलीमा सन्जु सामसनले सनराइजर्स हैदराबादविरुद्ध सर्वाधिक ३४६ रन जोडेका छन् । सनराइजर्स हैदराबादबाट राजस्थान रोयल्सविरुद्ध कप्तान डेभिड वार्नरले सर्वाधिक २३७ रन जोडेका छन् ।

सनराइजर्स हैदराबादबाट राजस्थान रोयल्सविरुद्ध स्पिनर रासिद खानले ६ विकेट लिएका छन् भने राजस्थान रोयल्सका लागि सनराइजर्स हैदराबादविरुद्ध जयदेव उनादकटले ६ विकेट लिएका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...