मथुरा अदालतले श्रीकृष्ण जन्मभूमिसँग जोडीएको इद्गाह मस्जिद हटाउने मुद्दा स्वीकार्यो


मथुरा अदालतले श्रीकृष्ण जन्मभूमिसँग जोडीएको इद्गाह मस्जिद हटाउने मुद्दा स्वीकार्यो

भारत, मथुरा | भारतको अयोध्यामा श्रीराम जन्मभूमिमा कानुनी प्रकृयामा राम्रो साथ मिले पछी यो सिलसिलाले भारतमा अहिले चौतर्फी रूपमा यस्तै खाल्का मुद्दाहरुले प्रोत्साहन पाएका छन्।

यही सिल सिलामा अहिले मथुरामा भने यस अघि रद्द गरिएको श्रीकृष्ण जन्मभूमि सम्बन्धी मुद्दाले माहोल तताएको छ। यस अघी यो मुद्दा सिभिल जज कोर्टले रद्द गरे पछी वादीले यो मुद्दा जिल्ला अदालत लगेपछी त्यहाँ भने स्विकार भएको हो ।

आज मथुरा अदालतमा भएको स्विकारोक्ती पछी यो मुद्दाले अब कानुनी मार्गमा अघि बढ्ने मान्यता पाएको छ ।

यससंगै 'श्रीकृष्ण जन्मभूमि'सँग जोडीएको इद्गाह मस्जिदलाई हटाउने सम्बन्धी गरिएको यो मागको अर्को सुनुवाइ १८ अक्टुबरमा हुनेछ। वादीको अपील अनुसार १३.३७ एकड़ जमीनमाथि दावा गर्दै सो जमिन प्रती मालिकाना हक माग गरिएको छ।

मुद्दामा प्रतिवादी तर्फको अपिल सुनुवाईको लागि पनि मार्ग खुला गरिने भएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...