विदेशबाट फर्केर कुखुरापालनमा


विदेशबाट फर्केर कुखुरापालनमा

गलकोट । जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आएका छन् । राजनीतिलाई धेरैले कमाइखाने भाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अन्डा उत्पादनमा यहाँका दुईजना जुटेका छन् ।

विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय बागलुङका दुईजनाले व्यावसायिक कुखुरा पाल्दै आएका हुन् । चार वर्ष साउदी अरबमा र ६ वर्ष जापान बसाइपछि नेपाल आएका गलकोट नगरपालिका ५, हरिचौरका ललितबहादुर श्रीस र चार वर्षको जापान बसाइपछि फर्किएका बागलुङ नगरपलिकाका २, बालमन्दिर रोडका इन्द्र केसीले अन्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन् ।

२०६० सालमै स्वदेश आएर कृषि पेसा अगालेका श्रीस कुखुरापालनसँगै राजनीतिमा सक्रिय छन् । यस्तै ४० केसीले दुई वर्ष अघिदेखि बागलुङ नगरपालिका ३, कृषिगाउँमा जिम्माल कृषि फार्म सञ्चालनमा ल्याएका हुन् । तीनवटा ब्लकमा स्थापना गरिएको उनको फार्ममा अहिले दुई हजार पाँच सय लेयर्स जातका कुखुरा छन् । अहिले दैनिक दुई हजारभन्दा बढी अन्ड उत्पादन भइरहेको केसीले बताए ।

चार हजार कुखुरा पाल्ने क्षमताको श्रीस पोल्ट्री फार्ममा अहिले झन्डै तीन हजार अन्डा दिने कुखुरा छन् । पश्चिम बागलुङलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यसाथ कुखुरापालनमा आएको भन्दै हालसम्म एक करोड ३० लाख रुपैयाँ लगानी गरिसकेको र नाफाबाट आएको रकमसमेत लगानी गर्दै आएको श्रीसको भनाइ छ । -रासस

यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने
काठमाडौँ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।…
कृषि कर्मबाटै मासिक एक लाख बचत
गलकोट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन् । अधिक…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...