Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्


हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

हामीले विभिन्न सिनेमामा स्पाइडरम्यान , सुपरम्यान जस्ता चर्चित क्यारेक्टरहरू हेरेका छाैँ । तर याे कथा हाे हेल्मेट म्यानकाे । भारतकाे विहार राज्यअन्तर्गत कैमुर जिल्लाकाे एक सानाे गाउँका राघवेन्द्र कुमारले पुरै भारतभर गरि अहिलेसम्म ४८ हजारभन्दा बढी हेल्मेट फ्रीमा बाँडिसकेका छन् ।

सबैलाइ हेल्मेट बाँड्नुकाे पछाडी पनि एउटा घटना भएकाे उनी बताउँछन् । उनका अनुसार सन् २०१४ मा भएकाे एक बाइक दुर्घटनामा उनले आफ्नाे सबैभन्दा मिल्ने साथी गुमाएका थिए ।

त्यही घटनापछि उनले अरू कसैले पनि साथीले जस्ताे हेल्मेटकाे कारणले ज्यान गुमाउनु नपराेस भनेर फ्रीमा हेल्मेट बाँडिरहेका छन् ।

गरीब परिवारमा जन्मे हुर्केकाे राघवेन्द्र बताउँछन्- म ४ भाइ मध्ये कान्छाे छाेरा हुँ । बुबा खेतीकिसानी गर्नुहुन्थ्याे । परिवार एकदम मुस्किलले चलिरहेकाे थियाे । तरपनि परिवारले हामीलाइ पढाइरहनुभएकाे थियाे । १२ कक्षा पढेपछि भने हालत एकदमै खराब भयाे । परिवारले अब यहाँभन्दा अघि पढाउन नसक्ने अवस्था आयाे ।त्यसपछि म वाराणसी जाने निर्णय गरेँ र वाराणसी गएर ५ वर्ष बस्ने क्रममा मैले धेरै सानातिना कामहरू गरेँ ।

उनका अनुसार सन् २००९ मा कानुन पढ्नका लागि दिल्ली बस्ने क्रममा उनले त्यहाँ एक साथी पाए । जसकाे नाम थियाे कृष्णकुमार ठाकुर । कृष्ण इन्जिनियरिङकाे पढाइ गर्थे । उनीहरूबीच गहिराे दाेस्ती थियाे ।

सन् २०१४ मा उनका साथि कृष्णकुमार ठाकुर ग्रेटर नाेयडा एक्सप्रेस वेमा बिना हेल्मेट बाइक चलाइरहेकाे अवस्थामा उनी एक एक्सिडेन्टमा परेर बिते । त्याे घटनाले राघवेन्द्रलाइ धेरै छाेयाे ।

अस्पतालमा साथीकाे मृत्युपछि डाक्टरले राघवेन्द्रलाइ भनेका थिए कि यदी तिम्राे साथीले हेल्मेट लगाएका थिएभने उनलाइ बचाउन सकिन्थ्याे ।

डाक्टरकाे याे भनाइपछि उनले आफ्नाे साथीजस्तै गरि कसैकाे ज्यान नजाओस भनेर सडक सुरक्षा अभियान सञ्चालन गरे । उनले चाेक चाेकमा बसेर दुइ पाङ्रगे सवारी चलाउने हरूलाइ निःशुल्क हेल्मेट बाँड्न थाले ।

राघवेन्द्रका अनुसार उनले याे काम गर्नका लागि जागिर पनि छाड्न पर्याे । तर उनी निरन्तर याे कार्यमा लागिरहे । त्यसैकाे प्रतिफलस्वरूिप उनलाइ विहार राज्यबाट हेल्मेट म्यान उपाधि प्रदान गरियाे र विभिन्न सम्मानहरू पनि प्रदान गरियाे ।

अहिले राघवेन्द्र हेल्मेटकाे अलावा किताब डाेनेसन बक्सपनि खाेलेर किताब आवश्यक भएका बच्चाहरूलाइ हस्तान्तरण गर्ने गर्छन् । उनकाे याे अभियान देशैभरि सञ्चालन भैरहेकाे छ ।  

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send