नागरिक अगुवाहरुले शनिबार माइतीघर मन्डलामा प्रदर्शन गरेका छन् । संसद् विघटनविरुद्ध उनीहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ह्यासट्याग ‘स्टप ओलिग्रेसी’, ह्यासट्याग ‘सेभ डेमोक्रेसी फ्रम ओलीग्रेसी’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा मानवअधिकारकर्मी, राजनीतिज्ञ, पत्रकारलगायत सहभागी थिए ।