durbar-times

सुडान विद्राेही आक्रमणमा परी एक सातामा ८७ जनाकाे मृत्यु


सुडान विद्राेही आक्रमणमा परी एक सातामा ८७ जनाकाे मृत्यु

सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् ।

पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमध्यमहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । हतियारधारीहरूले संयक्त राष्ट्रसंघका कर्मचारी र स्वास्थ्यकर्मी सवार सवारीसाधानमा पनि आगजनी गरेको समाचारमा उल्लेख छ ।

उनीहरुले सर्वसाधारणका आवास तथा निजी सम्पतिहरु लाटपाट तथा आगजनी गरेका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर, विद्रोहीका हिंसात्मक गतिविधिका कारण सर्वसाधारण त्रसित भएको छ ।

यसअघि सन् २०१९ मा पनि सुडान र डारफोरमा विद्रोहीले राष्ट्रसंघी कार्यालयहरूमा समेत आक्रमण गरेका थिए । पछिल्ला वर्षहरूमा विद्रोहीका गतिविधि बढ्न थालेपछि विस्थापित हुने सर्वसाधारणको संख्या बढ्दै गएकाले विभिन्न दातृ निकायहरूले चिन्ता व्यक्त गरेका छन् । एजेन्सी

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send