शुक्रराज अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो


शुक्रराज अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो

काठमाडौं– स्वास्थ्य मन्त्रालयको निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने जनाएको छ ।

अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु पर्ने प्रावधान कार्यन्वयन नगर्ने जनाएको हो ।

अस्पतालले सोमबारदेखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरि धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डाक्टर सागर कुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिएका छन् ।

अस्पतालले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि स्पष्ट पारेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।

शुक्रराज अस्पतालमा भर्ना हुने विपन्न, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त एकल महिला, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाई कर्मचारीको भने निशुल्क उपचार हुने जनाइएको छ ।

यस्तै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको पनि जनाएको छ ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाहीको माग
काठमाडौं | न्युज २४ च्यानलमा रवि लामिछानेद्वारा संचालित ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा प्रसारित आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै छानविन गरी कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ । उनले व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने…
कोरोना कालमा भिटामिन ‘डी’को अभाव : यी खानेकुराबाट गर्न सकिन्छ परिपूर्ति
अहिले नेपालका सहरी क्षेत्रमा भिटामिन ‘डी’ को माग ह्वात्तै बढेको छ। जसले अभाव समेत देखिन थालेको छ। कोरोना भाइरस संक्रमित व्यक्ति र घरभित्रै आइसोलेसनमा रहेका व्यक्तिलाई भिटामिन ‘डी’ को कमी हुने भन्दै चिकित्सकले सिफारिस गरेपछि यसको माग बढेको हो। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको प्रकाश हो। विज्ञहरू…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...