लगातार उकालो लागेको सुनको मूल्य आज घट्यो


लगातार उकालो लागेको सुनको मूल्य आज घट्यो

काठमाण्डाै - लगातार दुईदिन उकालो लागेको सुनको मूल्य आज फेरी घट्यो छ ।

सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...