सुनको भाउ आज फेरी उकालो लाग्यो


सुनको भाउ आज फेरी उकालो लाग्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकाे थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...