बुधबार ५०० ले बढेको सुनको मुल्यमा बिहिबार भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा हजार रुपियाँको गिरावट आएको छ । त्यस्तै आज सुन ८६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।