हप्ताको दोस्रो दिन आज सुनको भाउमा गिरावट आएको छ । हिजो आइतबार पाँच सयले बढेको सुनको मुल्यमा आज दुई सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।