Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

सुर्खेतमा रु एक अर्ब ३६ करोड कारोवारमा तेब्बरले निर्यात


सुर्खेतमा रु एक अर्ब ३६ करोड कारोवारमा तेब्बरले निर्यात

सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब ३६ करोडको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोवार भएको पाइएको हो ।

वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार मौसम, अदुवा र लसुनमा भएको कारोवारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयले जनाएको छ ।

सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्विन्टलबाट रु २३ करोड १४ लाख २३ हजार ४०० कारोवार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा रु ८० करोड ५३ लाख ६९ हजार २०० कारोवार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएको निर्देशनालयले बताएको छ ।

उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टलबाट रु छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट रु छ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट रु पाँच करोड ९१ लाख ६१ हजार ६०० आन्तरिक कारोवार भएको छ ।

त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट रु ५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट रु १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट रु पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट रु तीन करोड ८० लाख ६४ हजार बाह्य कारोवार भएको निर्देशनालयले जनाएको छ ।

1

रोनाल्डोको गोलको बाबजुद युभेन्टस बराबरीमा रोकियो

2

प्रचण्डको लिखित जवाफ:सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्,त्यसैले निवेदन हाल्न लगाउँछन्

3

मेस्सीको गोलमा बार्सिलोनाको जित

4

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगे प्रचण्ड

5

साताको पहिलो दिन घट्यो सुनको मुल्य

6

पिडुँला देखाएर सांसद भएको भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको यस्तो जवाब


Share Tweet Send