durbar-times

नेपालप्रति सूर्य थापाको कटाक्ष: तेल दिँदा खाएनन्, तर कोल चाटे'


नेपालप्रति सूर्य थापाको कटाक्ष: तेल दिँदा खाएनन्, तर कोल चाटे'

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सामाजिक सञ्जालबाट कडा कटाक्ष गरेका छन्।

एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नेपालको मनले नमानेको दावी गर्दै थापाले 'तेल दिँदा नखाएको, तर कोल चाटेको' भन्दै व्यंग्य गरेका हुन्।

पहिले दरबारको पश्चिम ढोकामा नेपालले स-भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि कार्की बैंक्वेटमा प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध अध्यक्ष पद घोषणा भएको थापाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

उनले मजाक भन्दै तल लेखेका छन् – उधारो हुन्न, हाताहाती चाहिन्छ,

पेरिसडाँडामा कुखुरी काँ ?

उनको फेसबुक स्ट्याटस् यस्तो छ :

पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति -
अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा -
बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा
भनेकाे यस्तै भएर हाेला !
एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,
तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।
मजाक -
उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?
1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send