काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।
बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै दाहाल–नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका हुन् ।
उनले लेखेका छन्–
‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’