durbar-times

प्रचण्डको बारेमा लेखेको ट्वीट किन हटाए सूर्य थापा, के थियो ट्वीट ?


प्रचण्डको बारेमा लेखेको ट्वीट किन हटाए सूर्य थापा, के थियो ट्वीट ?

काठमाडौँ | सर्वोच्च अदालतको आदेशलाई जोडेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति गरेको  ट्वीट हटाएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको थियो।

थापाले प्रचण्डका छोरा प्रकाशको निधन भएका बेला भावविह्वल अवस्थामा खिचिएको फोटो थापाले ट्वीटरमा राखेर व्यङ्ग्य गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेपछि उनले हटाएका हुन्। उनलाई असंवेदनशील र मानवताहीन जस्ता शव्द प्रयोग गरेर आलोचना गरिएको थियो ।

यस्तो लेखेका थिए सूर्य थापाले:

‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ। निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ, सम्हालिनुहोस र राजनीति गर्नुहोस्। राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदो रहेछ। आफैले भाँड्न चाहेको एकता कति प्यारो?’
1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send