durbar-times

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल


स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा पौडेललाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको हो।

ईडीसीडीको जिम्मेवारीसहित प्रवक्ताको पनि जिम्मेवारी पाएको डा पौडेलले बताए। उनले आजदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। उनले भने, ‘भर्खरै इमेल मार्फत पत्र पाए। मैले इडिसिडी सहित प्रवक्ताको जिम्मेवारी पाएको हुँ।’

यसअघि मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतम थिए। उनी कोडिभ-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।

डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका थीए  ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send