http://bit.ly/bajajdurbartimes

सिरियामा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ को मृत्यु


सिरियामा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ को मृत्यु

- सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ । डेइर अल-जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो ।

सिरियाको सरकारी सञ्चारमाध्यमले ज्यान गुमाउनेहरु सामान्य नागरिक रहेको बताएको छ तर अरु स्रोत र अनुगमन समूहहरूले भने सैनिक चढेको बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

आक्रमणमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ । सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले आक्रमण विद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले गरेको  र ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।

1

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

2

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

3

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

4

देशभर आजको मौसम यस्तो छ

5

आजको राशिफल

6

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित


Share Tweet Send