काठमाडौं | आबुधाबी टी-१० लिगको पहिलो खेलमा अहिले मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
यूएईमा आजबाट सुरु भएको टी-१० क्रिकेट लिगअन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सोमपाल कामी प्लेइङ सेटमा परेका छन् । उनको यो डेब्यु खेल हो ।उनले ओपनिङ बलिङ समेत गरेका छन् । पहिलो ओभरमा सोमपालले ८ रन खर्चिएका छन् ।
उनी पहिलो ओभरमै बलिङ गर्न आएका हुन् । अरेबियन्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।