बढ्दाे सवारी चाप र चाेक चाेकमा हुने सवारी जामकाे व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरीले काठमाडाैँ उपत्यकाका विभिन्न चाेकमा ट्राफिक लाइट राखेकाे छ ।
ट्राफिक लाइटमार्फत सवारी जामलाइ व्यवस्थापन गरि ट्राफिक प्रहरीकाे व्यवस्थापन गर्ने उद्देश्यले उक्त लाइटहरू राखिएकाे हाे । तर लाइटहरू बारम्बार बिग्रिने र समयमै मर्मत नहुने समस्याले लाइटकाे प्रयाेगमा कमि आइरहेकाे छ ।
काठमाडाैँकाे तीनकुने , माइतिघर, लगायतका क्षेत्रमा केही दिनदेखि ट्राफिक लाइटहरूमा समस्या देखिएकाे छ । नयाँ बानेश्वर चाेकमा पनि बारम्बार समस्या देखिने गरेकाे छ ।
लाेडसेडिङ र विद्युतीय घटनाकाे न्यूनिकरण गर्न भन्दै पाेलपाेलमा साेलार प्यानल राखेर साेहीमार्फत लाइट व्यवस्थापन गरिँदै आएकाे तर साेलार प्यानल सफा गर्ने मर्मत गर्ने तर्फ भने महानगर र महानगरीय ट्राफिक महाशाखाकाे ध्यान गएकाे देखिँदैन ।
प्रविधीकाे उपयाेग गर्ने तर मर्मत सम्भार गर्न तदारूकता नदेखाउने प्रवृत्ती नेपालका प्राय सरकारी संस्थाहरूमा देखिने गरेकाे छ । साेही संस्कृतिकाे पालना हाल ट्राफिक लाइटमा पन भैरहेकाे पाइन्छ ।