भारतको अग्रास्थित ताजमहलमा अज्ञात समूहले बम राखेको खबर झुटो भएको प्रहरीले जनाएको छ। एक व्यक्तिले फोनमार्फत् ताजमहलमा बम राखेको भन्दै धम्की दिएका थिए।
फोन गरेलगत्तै प्रहरीले ताजमहलमा घुम्न आएका पर्यटकहरुलाई बाहिर निकाली 'सर्च अपरेशन' सुरु गरेको थियो। तर कतै पनि बम नभेटिएको प्रहरीले जनाएको छ।
अज्ञात व्यक्तिले भारतको ११२ नम्बरमा कल गरेर सूचना दिएका थिए। सूचना फिरोजावादबाट आएको र कल गर्नेको पहिचानसमेत खुलिसकेको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको बताइएको छ।