durbar-times

व्यवस्थित तरकारी र पशु बजार स्थापना


व्यवस्थित तरकारी र पशु बजार स्थापना

इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पशु बजार स्थापना भएको छ ।

बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ । दुई वर्ष अघिसम्म इलामको तरकारी र पशु बजार कहाँ राख्ने टुङ्गो थिएन ।

जिल्लाको प्रशासनिक केन्द्र बनेको २००  वर्ष पुग्दै गर्दा पनि इलाम सदरमुकाममा तरकारी र पशु बजारको स्थायी संरचना पनि बनेका थिएनन् । इलाम नगरपालिकाले बजार क्षेत्रको अस्पताल खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।

गनाउने खोल्सीलाई व्यवस्थित गरी तरकारी बजार बनाएपछि अहिले किसान, व्यापारी र उपभोक्तालाई पनि राम्रो भएको तारिबारीका किसान सुप्रिम घिमिरेले बताए । उनले भने,“पहिले फोहरको डङ्गुर थियो हिँड्न पनि सकिदैनथ्यो, अहिले सुन्दर तरकारी बजार र पशु बजार बनेको छ ।”

नगरपालिकाले फोहर फ्याक्ने खोल्सीलाई व्यवस्थित गरी बजार विस्तार गरेपछि उपभोक्ता हर्षित भएको घिमिरेले बताए । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशु बजार निर्माण गरेको हो । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारी पार्किङ गर्ने स्थान रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

नगरपालिकाले पटक–पटक गरेर एक करोड ९० लाख २६ हजार ८५३ रुपैयाँ अस्पताल खोल्सी व्यवस्थित गर्न खर्च गरेको छ । एक हजार ९७३ घन मिटर ग्याबिन पर्खाल, १७४ मिटर नाली निर्माण, चार वटा टहरा, ढुङ्गाको सिँढी, रेलिङलगायतका संरचना निर्माण भएका छन् । तरकारी र पशु बजारको संरचना निर्माणपछि इलाम नगरपालिकाले सो क्षेत्रमा साइन्स पार्कसमेत निर्माण गर्दै छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send