रूरू जलविद्युत आयाेजनाकाे आइपिओमा तेश्राे दिन नै मागभन्दा बढी आवेदन परेकाे छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार बेलुका ५ बजेसम्म रूरूकाे आइपिओमा १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको छ ।
९ लाख ३५ हजार ४८७ जनाले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३५.९९ गुणा बढी आवेदन हो ।
रु रु जलुविद्युत परियोजनाले शुक्रबार (चैत २० गते) देखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।