durbar-times

तेस्रो पटक ह्वीलचियरमा मेची महाकाली पदयात्रा गरेका रामबहादुरलाई सम्मान


तेस्रो पटक  ह्वीलचियरमा मेची महाकाली पदयात्रा गरेका रामबहादुरलाई सम्मान

१२ चैत २०७७ शर्मिला विश्वकर्मा, काठमाणडौं। मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्ति रामबहादुर तामाङ्ग गोलेले तेस्रो पटक ह्वीलिचियर मार्फत मेची महाकाली पदयात्रा पुरा गरेका छन् । उनले यही फागुन १५ गते देखि काकभिट्टाबाट पदयात्रा सुरु गरी चैत १२ गते महाकाली पुल सम्म पुगेर अन्त्य गरेका हुन्। यो २६ दिनमा १०२८ किलोमिटर पदयात्रा पुरा गरेको पदयात्री रामबहादर तामाङ्ग गोलेले काठमाण्डौंमा उनलाई गरिएको अभिन्नदन कार्यक्रममा जानकारी गराएका हुन ।

ह्वीलिचियर मार्फत तेस्रो पटक मेची महाकाली पदयात्रा पुरा गरेका मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्ति रामबहादुर तामाङ्ग गोलेलेलाई काठमाण्डौंमा अभिन्नदन गर्दाको एक झलक ।

समाजमा भएका अपाङ्गता प्रति नकारात्मक सोचमा सकारात्मक परिवर्तन ल्याउनका लागि उनले गरेको साहसिक कदमलाई उच्च मूल्याङ्कन गर्दै चैत १२ गते स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र, मेरुदण्ड पक्षघात समुह नेपाल र सुन्दरढोका साथी सेवाले संयुक्त कार्यक्रमको आयोजना गरी काठमाण्डौंमा उनलाई अभिनन्दन गरिएको थियो ।

अभिनन्दन कार्यक्रममा स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा.राजु ढकालले अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई कमजोर सोच्न नहुने र साहस गरी अवसरको खोजी गर्नुपर्ने कुरामा जोड दिँदै मेरुदण्ड पक्षघात अपाङ्गता भएर पनि तेश्राे पटक ह्वीलिचयरमा नै मेची पदयात्र गरेका राम बहादुर तामाङ्ग गोलेलाई बधाई तथा शुभकामना दिए।

त्यसैगरी सुन्दरढोका साथी सेवाका निर्देशक विकास अधिकारीले अपाङ्गता भएर पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरुका लागि जनचेतना जगाउन सहयोग गरेकोमा बधाई दिँदै आवश्यक सहयोग गर्ने बताए भने समाज सेवी ज्योती के.सी.ले आर्थिक सहयोग पनि गरेकी थिइन् ।

कार्यक्रममा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्ति रामबहादुर तामाङ्ग गोलेले आफुले गरेको यो पदयात्रामा सबैको साथ सहयोग प्राप्त भएको र आगामी दिनमा पनि यस्तै साथ सहयोग तथा हौसला प्राप्त भएमा भविश्यमा ५ महिना भित्रमा एशिया पदयात्रा गर्न सक्ने बताए ।

यसै कार्यक्रममा स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक इशा थापा/ ढुङ्गानाले गाेलेको यो कार्यले समाजमा जनचेतना जाग्ने, र उनी अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रेरणाको स्रोत भएको बताइन । केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणी दीक्षितले अभिनन्दन पत्रसहित उनलाई सम्मान गर्दै समाजमा सकारात्क सन्देश फैलाउनका लागि ठुलो योगदान दिइएको बताउँदै बधाई तथा शुभकामना दिए ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send