durbar-times

कतार र ग्वान्जाओबाट सातामा एक–एक उडानलाई काठमाडौँ आउन अनुमति


कतार र ग्वान्जाओबाट सातामा एक–एक उडानलाई काठमाडौँ आउन अनुमति

मन्त्रिपरिषद् बैठकले कतार र ग्वान्जाओ (चीन)बाट सातामा एक–एक ओटा अन्तर्राष्ट्रिय विमानलाई उडान भर्न अनुमति दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकराजन पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार निर्देशन प्राप्त भएपछि सोही अनुसार उडान खुला हुने बताए । कोभिड–१९ को दोस्रो लहरसँगै संक्रमितहरूको संख्या उल्लेख्य बढ्न थालेपछि सरकारले वैशाख २३ देखि ३१ सम्म सबै अन्तर्राष्ट्रिय उडान निलम्बन गरेको थियो ।

जेठ ३ को मन्त्रिपरिषद् बैठकले दुई देशबाट सातामा एक–एक ओटा व्यवासायिक उडान गर्न अनुमति दिने निर्णय लिएको हो । कतार एयरवेजले दोहाबाट धेरै गन्तव्यमा उडान गर्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर तेश्रो मुलुकमा यात्रा गर्नेहरूका लागि दोहा ट्रान्जिटको रूपमा प्रयोग हुँदै आएको छ । त्यस्तै, उत्तरी छिमेकी चीनको आर्थिक सहर, ग्वान्जाओ नेपालसँग सघन व्यापारिक सम्बन्ध भएको सहर हो ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send