durbar-times

प्रदेश २ मा सत्ता सहकार्यका लागि कांग्रेस र जसपाबीच छलफल


प्रदेश २ मा सत्ता सहकार्यका लागि कांग्रेस र जसपाबीच छलफल

धनुषा — प्रदेश २ को सरकारले कांग्रेसलाई सहभागी गराउन जसपाले छलफल थालेको छ । सोमबार बिहान प्रदेश सरकारका मन्त्रीहरुसँग नेपाली काग्रेसका सांसदहरुको छलफल भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका ४ जना मन्त्रीलाई आइतबार साँझ बर्खास्त गरी सरकारमा काँग्रेसलाई ल्याउन छलफल थालेको हो ।

सरकारमा सहभागी हुने विषयमा जसपाका मन्त्रीहरुसँग पहिलो चरणको छलफल भएको नेपाली काग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहले बताए ।

‘जसपाको तर्फबाट तीन जना मन्त्री र कांग्रेस तर्फबाट तीन जना सांसदबीच छलफल भएको हो,’ सचेतक कुशवाहले भने, ‘सरकारमा सहभागी हुन मन्त्रालय टुक्राएर बढाउने बारे प्रारम्भिक छलफलमा छलफल भयो ।’ दुवै पक्ष छलफलपछि संसदीय दलमा विमर्श गरेर आज साँझ पुन: दुवै पक्ष बसेर सरकारमा सहभागी हुने प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

दिउँसो प्रदेशसभा बैठक भएकोले साँझ पुन: छलफलमा बस्ने गरी प्रारम्भिक छलफलबाट बाहिरिएको कुशवाहले बताए । बैठकमा कांग्रेस तर्फबाट सचेतक कुशवाह, प्रदेश सांसद शिवचन्द्र चौधरी र विरेन्द्र सिंह सहभागी थिए । जसपाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सहभागी थिए ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send