चर्चित नेपाली सिङ्गिङ रियालिटी शाे 'द भ्वाइस अफ नेपालकाे तश्राे सिजन आजबाट प्रशारण हुँदैछ ।
‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त शो प्रशारण हुने छ ।
यो सिजन निर्णायकमण्डलमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ निर्णायककाे भूमिकामा देख्ने छन् ।
आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।