durbar-times

द भ्वाइस अफ नेपालको तेस्रो संस्करण चैत ६ गतेदेखि


द भ्वाइस अफ नेपालको तेस्रो संस्करण चैत ६ गतेदेखि

फ्रेन्चाइज गायन रियालिटी सो द भ्वाइस अफ नेपालको तेस्रो संस्करण चैत ६ गतेदेखि प्रसारण हुने भएको छ। हरेक पटक महिला कोच परिवर्तन भइरहने रियालिटी सोमा यो पटक पनि गायिका तृष्णा गुरुङको कोचिङ हेर्न पाइनेछ।

हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ। कार्यक्रममा ४ जना कोच हुनेछन्। तृष्णाबाहेक अन्य कोच भने पुरानै रहेका छन् । जसमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन्।

रियालिटी सोकाे निर्देशन लक्ष्मण पौडेलले गर्दैछन्। यस पटकको सिजनमा पनि नेपाली बाहेकका अन्य भाषीले पनि सहभागिता जनाउन सक्नेछन्।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send